Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु

कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु


  • 1.3K
    Shares

    कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

    यसअघि आजै कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बसेको थियो । सो बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । खड्कालाई सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय सुनाइएको छ ।

    आजकै कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोकत्वको समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउने भनिएको छ ।

    कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनका घटनाका जाँचबुझ गर्न बनेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १४:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij