Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

पद छाडेको २० दिनसम्म पनि सुशीला कार्कीको फेसबुकमा 'पीएम' नै कायम

पद छाडेको २० दिनसम्म पनि सुशीला कार्कीको फेसबुकमा 'पीएम' नै कायम


  • 2.5K
    Shares

    पद छाडेको २० दिनसम्म पनि सुशीला कार्कीको फेसबुकमा 'पीएम' नै कायम

    काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक रूपमा पद हस्तान्तरण गरेको २० दिन भइसकेको छ । हालसम्म पनि कार्की फेसबुकमा प्रधानमन्त्रीकै हैसियतमा देखिएकी छन् । 

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट सहज बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सुरु गरेका थिए। 

    तर, सामाजिक सञ्जाल फेसबुकमा अझै ‘पीएम सुशीला कार्की’ नै छ । यो समाचार तयार पार्दासम्म त्यो फेसबुक आइडी एक्टिभ नै छ । र हिजो मात्रै पोस्ट पनि गरिएको छ । त्यही आइडीबाट कार्कीले नयाँ वर्ष २०८३ को सबैमा शुभकामना दिएकी छन्। 

    रावलले भने, ‘हामीले प्रधानमन्त्रीबाट बाहिरिँदाको दिन नै आइडीबाट ‘पीएम’ हटाउन खोजेका थियौँ । तर मेटा भेरिफाइड भएकाले तत्काल हटाउन सकिएन । प्रक्रिया त्यसैदिन सुरु गरेका छौँ । प्रक्रियामा होला,’ ‘तत्काल हटाउन नमिलेपछि कार्यकाल राखेका छौँ । यो आइडी उहाँको व्यक्तिगत जिमेलबाट खोलिएको हो ।’

    कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलले प्रधानमन्त्रीबाट बिदाबारी हुँदाको दिनमा नै आइडीबाट ‘पीएम’ हटाउन खोजिएको तर मेटा भेरिफाइड भएकाले ६० दिनसम्म हटाउन नसकिएको जानकारी दिएका छन् । 

      

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १४:४४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij