Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो

पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो


  • 1.2K
    Shares

    पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो

    काठमाडौं । पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ ।

    खड्काको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । 

    सो रिटमाथिको सुनुवाइ केहीबेर अघि सकिएको छ ।  

    दीपककी पत्नी विनिता थापाले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखेको जिकिरसहित बन्दी प्रत्यक्षीकरणको रिट हालेकी छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत १५ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

    भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बूढानीलकण्ठस्थित उनको घरमा रकम भेटिएको विषयमा अनुसन्धान अघि बढाइएको हो ।

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १४:१२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij