Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपत्यकामा थपिए १४९३ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १४९३ जना कोरोना संक्रमित


  • 4.5K
    Shares

    • images
    उपत्यकामा थपिए १४९३ जना कोरोना संक्रमित

    काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४९३ जनामा कोरोना पुष्टि भएको छ ।

    काठमाडौंमा १ हजार १३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ गरि १४९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १४५ संक्रमितको मृत्यु भएको छ । 

    अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने४ लाख ११ हजार ६०३ निको भएका छन् । देशभ ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ । 

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १६:५१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij