Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपालमा पनि चक्रवातको असर, शनिबारसम्म हावाहुरीसहित वर्षाको सम्भावना

नेपालमा पनि चक्रवातको असर, शनिबारसम्म हावाहुरीसहित वर्षाको सम्भावना


  • 7.6K
    Shares

    • images
    नेपालमा पनि चक्रवातको असर, शनिबारसम्म हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौँ । नेपालको भूभागमा केही दिन हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यासको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको हो ।

    बुधबार बाग्मती र प्रदेश १ का केही स्थानलगायत उच्च हिमाली र पहाडी भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । वर्षा सँगसँगै उच्च भेगमा हावाहुरी पनि हुन सक्ने विभागले जनाएको छ । साथै प्रदेश १, २ बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशलगायत तराइको भुभागमा हावाहुरी र अति भारी वर्षा हुनेछ ।

    हालको हावाहरी आउने स्थितिलाई हेर्दै कोरोनाको कहरमा आइसोलेन सेन्टरहरुलाई पनि व्यवस्थापन गर्न र थप सतर्कता अप्नाउन मौसम विभागले अनुरोध गरेको छ । सँगसँगै माथिल्लो हिमाली भेगमा पर्वतारोहीले विशेष सतर्कता अप्नाउन पनि विभागले आग्रह गरेको छ । उक्त विभागले सकेसम्म हिमाल आरोहन नगर्दा राम्रो हुने सुझाएको छ ।

    यसको असर शनिबारसम्म मात्रै प्रकाशित गरेता पनि केही दिन अझै लम्बिन सक्ने अनुमान गरिएको छ । हाल गरिएको मौसम पूर्वानुमानमा केही परिर्वतन पनि हुन सक्ने वरिष्ठ मौसमविद विभुति पोखरेलले बताउनु भएको छ । चक्रवातले असर गर्ने अहिलेसम्मको बाटो भनेको चाँही तराइका जिल्लाहरुमा भारी वर्षा हुने सम्भावना देखिएकाले अकस्मात बाढी आउन सक्ने सम्भावना रहेको छ ।

     

     

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १६:४५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij