२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि सभामुख डोलप्रसाद (डीपी)अर्याल कारबाहीमा परेका छन् । उनीसवार गाडी थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरी सिंहदरबार पुगेपछि कारबाहीमा परेका हुन् ।
थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ ।
थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै गएर चिट काटेको हो ।
ट्राफिक प्रहरी स्रोतले भन्यो, ट्राफिक प्रहरी स्रोतले चिट काटेको पुष्टि गरेको छ । ‘नियम उल्लंघन गर्ने सबै समान हुन् । यसको, उसको गाडीभन्दा पनि नियम उल्लंघन गर्ने गाडीलाई चिट काटिएको हो’।
लेन क्रस गर्ने क्रममा उक्त गाडीलाई चिट काटिएको हो । उनी सवार भएरनभएकोबारेमा भने प्रहरीले केही बताएको छैन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij