२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।
मंगलबार निजी निवास र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतको भनाइ छ । छापा हानेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिएका छन् ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् । दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये एक हुन् ।
भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको हो। इन्फिनिटी होल्डिङ्स र शंकर समूहबीच भएको शंकास्पद आर्थिक कारोबारमाथि अनुसन्धान सुरु भएपछि प्रारम्भमा शंकर अग्रवाल पक्राउ परेका थिए भने त्यसको केही दिनपछि सुलभ अग्रवाल पनि नियन्त्रणमा लिइएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij