Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन: सबै मन्त्री फेरिए, कांग्रेस र एमालेबीच बराबर भागबण्डा

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन: सबै मन्त्री फेरिए, कांग्रेस र एमालेबीच बराबर भागबण्डा


  • 309
    Shares

    गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन: सबै मन्त्री फेरिए, कांग्रेस र एमालेबीच बराबर भागबण्डा

    काठमाडौं । गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त  मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन्। 

    जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ । 

    पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र  नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् । 

    यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् । यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए । 

    एमालेबाट गोविन्द बहादुर नेपाली  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे  कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् । 

    यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १२:२१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij