Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

काठमाडौंमा यस्तो छ रात्रिकालीन बसको रुट

काठमाडौंमा यस्तो छ रात्रिकालीन बसको रुट


  • 477
    Shares

    काठमाडौंमा यस्तो छ रात्रिकालीन बसको रुट

    काठमाडौं ।  नयाँ वर्षसँगै काठमाडौं उपत्यकामा हिजोदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौँ, ललितपुर, चन्द्रागिरि र बुढानीलकण्ठका स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएको यस सेवाले रातिको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

    हाल सात वटा बस सञ्चालनमा ल्याइएका छन् । बसमा वाइफाइ सुविधा, सिसीटिभी निगरानी र सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिएको छ । बसहरू निर्धारित रुटमा नियमित अन्तरालमा सञ्चालन हुने महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

    उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाको लगनखेलबाट बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन भएका छन् ।

    ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट रहेको छ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने महानगरले जनाएको छ ।

    थानकोटबाट सतुङ्गल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन भएको महानगरले जानकारी दिएको छ ।

    रात्रिकालीन बस सेवा हाल साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरिएको हो । प्रारम्भिक चरणमा लागत व्यवस्थापन साझा यातायातले गर्ने र आगामी दिनमा स्थानीय तहले साझेदारी मोडेलमा खर्च व्यहोर्ने जनाइएको छ ।

    यस सेवाले रातिको समयमा सुरक्षित, सहज र भरपर्दो सार्वजनिक यातायातको अभावलाई कम गर्ने विश्वास गरिएको छ । बस राति ८ देखि ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । 

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १२:१६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij