Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

कञ्चनपुरमा बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कञ्चनपुरमा बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ


  • 925
    Shares

    कञ्चनपुरमा बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

    काठमाडौं । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पुनर्वास नगरपालिका-२, अमरैया बस्ने ५४ वर्षीय बुरु राना रहेको प्रहरीले जनाएको छ ।

    रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी त्यहीँ बेलादेखि फरार थिए ।

    उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।   

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १०:५२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij