Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


  • 379
    Shares

    कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

    काठमाडौं । कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-७ गुलारामा मंगलबार साँझ सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बर हाईस र सुदूरपश्चिम प्रदेश ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-८ बस्ने ३३ वर्षीय गगन राना मगर र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। उनका अनुसार गम्भीर अवस्थाका दुवै जनालाई उपचारको लागि टीकापुर अस्पताल लगिएको उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो। 

    हाईस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। हाईस धनीलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १०:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij