२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १४५ संक्रमितको मृत्यु भएको छ ।
अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने४ लाख ११ हजार ६०३ निको भएका छन् । देशभ ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij