Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

आजदेखि काठमाडौंमा साझा यातायातको रात्रिकालीन बस सेवा सुरु

आजदेखि काठमाडौंमा साझा यातायातको रात्रिकालीन बस सेवा सुरु


  • 190
    Shares

    आजदेखि  काठमाडौंमा साझा यातायातको रात्रिकालीन बस सेवा सुरु

    काठमाडौँ ।साझा यातायातले काठमाडौं उपत्यकामा आज (१ वैशाख)देखि रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौं, ललितपुर, बुढानिलकण्ठ र चन्द्रगिरी नगरपालिकाको सहकार्यमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सञ्चालन हुनेछ।

    दुई मुख्य रुटमार्फत सञ्चालन हुने सेवामा लगनखेल–बुढानिलकण्ठ र थानकोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जोडिनेछन्, जसमा नयाँ सडकलाई प्रमुख ट्रान्जिट बिन्दु बनाइएको छ।

    यात्रु सुरक्षाका लागि प्रत्येक बसमा सीसीटिभी जडान गरिएको छ भने नगर प्रहरीले समेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ। रात्रिकालीन सेवाले विशेषगरी श्रमिक, महिला तथा बेलुका काम गर्ने यात्रुहरूलाई सहज आवागमनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    प्रकाशित मिति :बैशाख १ २०८३ मंगलवार - १७:५३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij