Logo

२०८३ बैशाख १ गते मंगलवार

२०८३ बैशाख १ गते मंगलवार

राजेश हमालले गरे राजनीतिमा आउने !

राजेश हमालले गरे राजनीतिमा आउने !


  • 267
    Shares

    राजेश हमालले गरे राजनीतिमा आउने !

    काठमाडौं । नेपाली सिने क्षेत्रका चर्चित अभिनेता राजेश हमालले राजनीतिमा आउने संकेत गरेका छन्। 

    कर्णाली उत्सवमा बोल्दै हमालले समय आएपछि आफू राजनीतिमा आउन सक्ने बताए। उत्सवमा दर्शकले राजेश हमाललाई राजनीतिमा देख्न पाइन्छ कि पाइन्न भनेर प्रश्न गरेका थिए। त्यसमा हमालले भने, ‘म राजनीतिमा चासो राख्ने, बुझ्ने व्यक्ति हो। त्यसैले राजनीतिमा देखिनै नपाइने हो त म भन्दिनँ। तर, हरेक व्यक्तिको एउटा खाँचो महसूस हुने बिन्दु आउला नि!’ 

    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा बोल्दै हमालले परिवर्तनका लागि आन्दोलन हुनु सकरात्मक भए पनि त्यसबाट भएको विध्वंस गलत भएको बताए। ‘हाम्रो देशका धरोहरहरू जले, त्यो राम्रो भएन,’ हमालले थपे, ‘आज सिंहदरबार नजलेको भए, संसद् भवन नजलेको भए नयाँ सांसदहरू त्यहीँ बस्न पाउनुहुन्थ्यो।’

    त्यस्तै, उत्सवमा हमालले वास्तविक जीवन र पर्दाको भूमिकाबारे बोलेका थिए। ‘अभिनय र वास्तविक जीवनमा फरक यति हुन्छ कि कट भनिसकेपछि संयमित भएर फेरि आफ्नो ठाउँमा आउन सक्नुहुन्छ,’ उनले भने, ‘वास्तविक जीवनमा तपाईं भावना पोखिरहँदा तपाईंलाई कट भने पनि तपाईं एकैचोटी रोक्न सक्नुहुन्न। त्यति मात्रै फरक हो।’ 

    हमालले अहिले चलचित्र हेर्ने संस्कृति बदलिएको पनि बताए। ‘मैले चलचित्र क्षेत्रमा प्रवेश गर्दा फिल्म हलबाहेक अन्त हेर्ने विकल्प थिएन,’ उनले भने, ‘मान्छेलाई के रहस्य छ, कसरी निर्माण हुन्छ भन्ने कौतुहल हुन्थ्यो। मोबाइल त त्यस्तै हो टेलिभिजन पनि थिएन। सबै चलचित्र हेर्न हलमा जानुहुन्थ्यो।’ 

    आज हरेक मान्छेले चलचित्र बनाइरहेको उनले सुनाए। ‘आज हरेका हातमा आआफ्ना चलचित्र छन्, टिकटकबाट होस् वा अर्को माध्यमबाट भिडियो बनाइरहनुहुन्छ,’ उनले भने। सोमबार कर्णाली उत्सवको ‘नखितिएका सिनेमा’ शीर्षकको सेसनमा पत्रकार देवकी विष्टले हमालसँग संवाद गरेकी थिइन्। 

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - २२:०१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij