Logo

२०८३ बैशाख १ गते मंगलवार

२०८३ बैशाख १ गते मंगलवार

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने कृष्ण दमाईले पाए यस्ताे जिम्मेवारी

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने कृष्ण दमाईले पाए यस्ताे जिम्मेवारी


  • 337
    Shares

    दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने कृष्ण दमाईले पाए यस्ताे जिम्मेवारी

    धनगढी । नेपालमै पहिलोपटक दलित समुदायबाट संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका विद्वान कृष्ण बहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले विशेष जिम्मेवारी सुम्पेको छ । उपमहानगरपालिकाले उनलाई शिक्षाको माध्यमबाट छुवाछुत अन्त्य गर्ने अभियानको संयोजक नियुक्त गरेपछि उनी काम पनि गरिरहेका छन् ।

    यसअघि गत भदौ ८ गते उपमहानगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी आचार्य दमाईलाई सम्मान गरेको थियो। नगर प्रमुख गोपाल हमालले उनलाई सम्मानपत्रसहित १ लाख ५१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका थिए । 

    कञ्चनपुरको भीमदत्त नगरपालिका–३ घर भएका दमाईले आर्थिक अभावका कारण समस्या झेल्नुपरेको र रोजगारीको खोजीमा रहेको खबर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मेयर हमालले उनलाई सहयोग र रोजगारीको घोषणा गरेका थिए ।

    बाजागाजासहित नगरसभा हलमा आयोजित स्वागत कार्यक्रममा मेयर हमाल, कार्यपालिका सदस्य र कर्मचारीहरूले उनलाई भव्य स्वागत गरेका थिए। सोही अवसरमा मेयर हमालले दमाईलाई उपमहानगरमा रोजगारी दिने प्रतिबद्धता समेत जनाएका थिए ।
    gopal-hamal-1_rgxoTqmqYV.png
    नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका दमाई शिल्पी समुदायबाट यो तहको शिक्षा हासिल गर्ने नेपालकै पहिलो व्यक्ति हुन्। उनलाई अहिले उपमहानगरपालिकाले समाजमा व्याप्त जातीय विभेद र छुवाछुतलाई शिक्षाको माध्यमबाट अन्त्य गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएपछि सो अभियानको नेतृत्व गरे बापत उनले पारिश्रमिक समेत पाइरहेका छन् ।  
     
    मेयर गोपाल हमालले आचार्य दमाई जस्तो विद्वान व्यक्तिले समाज रूपान्तरणमा ठुलो भूमिका खेल्न सक्ने बताएका छन् । ‘उहाँजस्तो विद्वानले भोलि समाज शिक्षित बनाउन लाग्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। शिक्षाको माध्यमबाट छुवाछुत हटाउन उहाँले निर्वाह गर्ने भूमिकाले उपमहानगरको अभियानमा ठुलो साथ मिल्नेछ,’उनले भने ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - २१:५४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij