Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ

मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ


  • 1.3K
    Shares

    मोबाइल लुटेर खाताबाट सवा दुई लाख निकालेको आरोपमा तीन युवक पक्राउ
    images

    काठमाडौं । मोबाइल लुटेर बैंक खाताबाट सवा दुई लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत २७ गते मोबाइल चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा काठमाडौं ११ घर भई हाल बुढानिलकण्ठ-११ जगडोलमा बस्ने १९ वर्षीय समिर तामाङ, दोलखाको मेलुङ-५ डाँडाखर्च घर भई बुढानिलकण्ठ-६ का १८ वर्षीय जनम तामाङ र खोटाङको कोपिलासगढी-७ सुडदेल घर भई हाल बुढानिलकण्ठ-१३ कपनमा बस्ने १८ वर्षी प्रज्वल राईलाई रहेका छन्। 

    उनीहरूले मोबाइल चोरेर त्यस मोबाइलमा रहेको बैंक खातामा अनाधिकृत पमा पहुँच पु¥याएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी)

    रामेश्वर कार्कीले बताए। त्यसपछि उनीहरूले मोबाइलमा रहेका बैंक खाता र वालेटमा भएको दुई लाख २७ हजार ६ सय रुपैयाँ अन्य बैंक तथा वालेटमा ट्रान्सफर गरेको उनले बताए। 

    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १९:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij