२०८२ चैत्र २ गते सोमवार
काजुुु एक प्रकारको राम्रो ड्राई फ्रुट हो। जुन प्रायः सबै व्यक्तिहरुले खान मन पराउँछन्। यसलाई विभिन्न पकवान तथा मिठाइ बनाउन पनि मसलाको रुपमा प्रयोग गरिन्छ। यो स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ।
यसमा पाइने भिटामिन, म्याग्नीशियम, पोटाशियम, कपर, जिंक, आइरन, म्याग्निज र सेलेनियमले काजुुुलाई खान योग्य र गुणकारी ड्राई फ्रुटको रुपमा चिनाउँछ।
मुटु रोगीका लागि फाइदाजनक – काजुुमा अन्य ड्राई फ्रुटस् भन्दा कम फ्याट हुन्छ । र यसमा फोलिक एसिडको अधिक मात्रा हुन्छ, त्यसैले यसको सेवनले मुटुको स्वास्थ्यलाई फाइदा गर्नुको साथै यसमा पाइने एन्टिअक्सीडन्टहरूले मुटुरोग लाग्नबाट बचाउँदछ।
रक्तचापलाई नियन्त्रणमा राख्छ – काजुुमा सोडियमको मात्रा कम हुने र यसमा पोटासियम र म्याग्नेसियम अधिक मात्रामा पाइन्छ, जसले रक्तचाप नियन्त्रणमा राख्छ। सीमित र उचित मात्रामा यसको सेवन गर्दा स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ।
हड्डीहरू बलियो बनाउने – काजुुमा म्याग्नेसियम साथै क्याल्सियम पनि पर्याप्त मात्रामा पाइन्छ। जसले हड्डीको स्वास्थ्यका लागि महत्त्वपूर्ण भूमिका खेल्द छ। यसमा रहेको म्याग्नेसियमले हड्डीहरूलाई भित्रै देखि बलियो बनाउँछ।
काजुुले कति बेला नोक्सान गर्छ ?
काजुु खानु एकदमै लाभदायक छ, तर यसको अधिक सेवनले यसले हानि पनि गर्न सक्छ। काजुुको अत्यधिक सेवनले उच्च रक्तचाप निम्त्याउन सक्छ। यस बाहेक यसले तौल पनि बढाउन सक्छ। किनभने यसमा क्यालोरीहरू उच्च मात्रामा पाइन्छ।
यसैगरी, काजुुुको अत्याधिक सेवनले पेट सम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ। यदि टाउको दुख्ने, माइग्रेन र मोटोपनाबाट पीडित हुनुहुन्छ भने, काजुुलाई मध्यम मात्रामा वा उचित मात्रामा मात्रै सेवन गर्न विज्ञहरुले सुझाव दिन्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij