२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म फिल्म ‘परालको आगो’ को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ ।
शुक्रवार ओएसआरको युटुयुब च्यानलमार्फत रिलिज गरिएको यो गीतमा गायक सत्यराज आचार्य तथा गायिका मेलिना राईको पार्श्व गायन छ । यो गीतमा सत्यराज–स्वरुपराज आचार्यको संगीत छ भने सुरेन्द्र राना यो गीतका रचनाकार हुन् । गीतको म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङले गरेका छन् ।
फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा तथा प्रकाश सपुतसंगै सौगात मल्ल तथा सिर्जना अधिकारीको जोडिलाई देख्न सकिन्छ ।
गीतको भिडियोमा उनीहरुको केमेष्ट्री मिलेको देखिन्छ । ग्रामिण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
यसअघि यो फिल्मको ‘उडि जाउँ भने,म पंक्षी होइन’ बोलको गीतले दर्शकमाझ लोकप्रियता भैसकेको छ । आज सार्वजनिक भएको नयाँ गीतले पनि दर्शकमाझ लोकप्रियता हासिल गर्ने निश्चित देखिएको छ । लोक लयमा आधारित यस गीतलाई सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताले चर्चा गर्न थालिसकेका छन् ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित यो फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपानेका साथमा बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।
लक्ष्मण सुनारद्वारा निर्देशित यो फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ । हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्ममा सुशील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।
फिल्मका गीतमा कोरियोग्राफी रामजी लामिछानेको छ । फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रंग संयोजन कनाल कँवरको छ । फिल्ममा भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानले गरेका छन् ।
यो फिल्मको पार्श्व संगीतमा किरण तुलाधर, संगीतमा शान्ति ठटाल, सत्य–स्वरुपराज आचार्य तथा प्रकाश सपुतले गरेका छन् । फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना तथा प्रकाश सपुतले गरेका छन् ।
फिल्ममा कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशकको जिम्मा करण बहादुर साउदको छ । त्यसैगरि फिल्मको मिक्सिङ मुकेश शाह, निर्माण संयोजन नगेन्द्र घिमिरेले सम्हालेका छन् । सुलभी पोखरेल र सत्यम पोखरेलसमेत आवद्ध यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ । साथै डिजिटल अधिकार ओएसआरले लिएको छ ।क्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij