२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू रुष्ट बनेका हुन्
सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको थिए ।
उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको छ ।
रास्वपाका स्थानीय कार्यकर्ता प्रकाश पाठक लगायत स्थानीय रास्वपाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा रहेका थिए । सिंह सर्लाही(४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij