२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । नेपाली साहित्यका शिखर पुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको फिल्म आगामी वैशाख ११ गतेबाट देशभरका फिल्मघरमा प्रदर्शनमा आउँदैछ ।
यसै सन्दर्भमा फिल्मकी मुख्य पात्र, रङ्गमञ्च तथा फिल्म क्षेत्रकी प्रभावशाली कलाकार सिर्जना अधिकारीले चलचित्र ‘परालको आगो’ को तयारी, छायाङ्कनका अनुभव र यसले दिने सन्देशका बारेमा विस्तृत जानकारी दिँदै यो फिल्म नेपाली फिल्ममा क्षेत्रको इतिहासमा एउटा बलियो नाम भएको दाबी गरेकी छन् ।
यसअघि नै निर्देशक प्रताप सुब्बाले यसै कथामा आधारित रहेर ब्ल्याक एन्ड ह्वाइट (श्वेत-श्याम) फिल्म बनाइसकेका छन् । जुन नेपाली दर्शकको मन-मस्तिष्कमा आज पनि ताजै छ । कलाकार अधिकारीका अनुसार नयाँ ‘परालको आगो’ सोही कथामा आधारित भए पनि यसमा आधुनिक निर्देशनको दृष्टिकोण र केही नयाँ ‘ट्विस्ट’ हरु समावेश गरिएको छ ।
उनले भनिन, ‘यो फिल्म पहिला नै सबैको मनमा बसिसकेको छ । अहिलेको फिल्ममा निर्देशकको एउटा छुट्टै भिजन र लेखकको नयाँ शैली मिसिएको छ । पूरानो कथाको मर्मलाई नमरीकन अहिलेको समय सुहाउँदो ढङ्गले यसलाई प्रस्तुत गरिएको छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij