Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

एनएमबि क्यापिटलको रेटिङ्ग स्तरवृद्धि र सरल बचत फण्ड–ई को आकार १० अर्ब पुर्याउन स्वीकृति

एनएमबि क्यापिटलको रेटिङ्ग स्तरवृद्धि र सरल बचत फण्ड–ई को आकार १० अर्ब पुर्याउन स्वीकृति


  • 302
    Shares

    एनएमबि क्यापिटलको रेटिङ्ग स्तरवृद्धि र सरल बचत फण्ड–ई को आकार १० अर्ब पुर्याउन स्वीकृति

    काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबि क्यापिटल लिमिटेडकोFund Management Quality Rating (FMQR) रेटिङ्ग [ICRANP] AMC 2+ मा स्तर वृद्घि वा अपग्रेड गरेको छ । यो मूल्याङ्कनले कोष व्यवस्थापनको गुणस्तरमा उच्च विश्वसनीयता रहेको स्थितिलाई जनाउदँछ । यस सँगै एनएमबि क्यापिटल यस क्षेत्रमा सबैभन्दा उच्च रेटिङ्ग प्राप्त गर्ने कम्पनी बनेको छ । 

    कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबि क्यापिटलको एनएमबि म्युचुअल फण्ड अन्तर्गत हाल तीन बन्दमुखी र एक खुलामुखी योजना संचालनमा रहेको छन् । एनएमबि ५० को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १.३६ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ८६ पैसा रहेको छ ।

    एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति १.४९ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १२ रुपैयाँ २० पैसा रहेको छ । एनएमबि हाइब्रिड फण्ड एल-२ को २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति रु १.४७ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) १० रुपैयाँ ७५ पैसा रहेको छ । 

    “एनएमबि सरल बचत फण्ड-इ” नामल खुलामुखी योजनाको २०८२ फाल्गुन ३० गतेको खूद सम्पत्ति ४.७३ अर्ब कायम रही खूद सम्पत्ति मुल्य (एनएभि) ११ रुपैयाँ ०१ पैसा रहेको छ । यस योजनाको ] Systematic Investment Plan (SIP) अन्तर्गत हाल ५५,००० भन्दा बढि लगानीकर्ताहरुको सहभागिता रहेको छ र यो संख्या क्रमिक रुपमा वृद्धि भइरहेको छ । 

    योजनाको आकार २०८२ चैत्र २६ गते रु ४.९४ अर्ब पुग्न सफल भएको छ । साथै यस योजनाको आकार रु १० अर्ब कायम गर्न धितोपत्र बोर्डबाट मिति २०८२/१२/०८ मा स्वीकृति प्राप्त गरेको छ । योजनाको आकार वृद्घि नेपाल धितोपत्र बोर्डको मिति २०८२/१०/०२ मा बीज पुँँजी सम्बन्धमा जारी गरिएको परिपत्र बमोजिम रहेको छ । SIP मा बढदो आकर्षण र हालै आकार वृद्घिकालागि प्राप्त स्वीकृतिले यस योजनाको पहुँज र प्रभावलाई उल्लेखनीय रुपमा विस्तार गर्न मद्दत पुग्ने देखिन्छ ।  

     


     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १४:३७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij