२०८२ भाद्र ९ गते सोमवार
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।
कम्पनीले ‘सचेत बनौँ! कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडियो तयार पारेको हो ।यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ ।
यो महामारीमा सबैको पीडा उस्तै उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैँले सावधानी अपनाउन आग्रह गरिएको छ ।
भोलिका दिनमा महामारीबाट मुक्त भई सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि हामी रमाउँला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ ।
भिडियोको अन्त्यमा सचेत बनौँ, कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौँ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ । सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ट भिडियो बनेको छ ।
हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ । पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् ।
साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियोमा अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij