Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

अम्बे कोशी सहकारीका बचतकर्तालाई राहत: २८७ जनाको रकम फिर्ता प्रक्रिया सुरु

अम्बे कोशी सहकारीका बचतकर्तालाई राहत: २८७ जनाको रकम फिर्ता प्रक्रिया सुरु


  • 330
    Shares

    अम्बे कोशी सहकारीका बचतकर्तालाई राहत: २८७ जनाको रकम फिर्ता प्रक्रिया सुरु

    काठमाडौं । बचतकर्ताको रकम हिनामिना भएपछि सङ्कटग्रस्त सहकारी घोषणा भएको अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु भएको हो । 

    समितिको पहलमा पहिलो चरणमा २० हजार रुपैयाँ भन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता सुरु गर्न लागिएको उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। पशुपति ढुङ्गानाले बताएका छन् ।

    सचिव डा।पशुपति ढुङ्गानाका अनुसार पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखिएको र उनीहरूको रकम सिधै बैङ्क खातामा पठाइने व्यवस्था गरिएको बताएका छन् ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य जीवन काफ्लेका अनुसार पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत गरेका २ सय ८७ जना बचतकर्तालाई करिब १ करोड ३८ लाख रुपैयाँ फिर्ता गरिने भएको छ।

    सहकारीका अध्यक्ष फणिन्द्र मगरलगायतले करिब ९ हजार बचतकर्ताबाट सङ्कलित ४२ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ । अध्यक्ष मगर बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा पक्राउ परी कारागार चलान भएका थिए । 

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - ११:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij