२०८२ चैत्र २ गते सोमवार
काठमाण्डौ । काठमाण्डौको मुख्य थोक बजार कालिमाटीमा भिड कम गर्न जोरबिजोर प्रणाली लागू भएको छ ।
निषेधाज्ञाको समयमा पनि बजारमा भिड कम नभए पछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ढुवानीका गाडीमा जोर बिजोर प्रणाली लागू गरेको हो ।
बजारमा हुने भिड रोक्न तरकारी लिन जाने गाडीमा जोरबिजोर प्रणाली लागू गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जोर बारमा जोर नम्बरका गाडी र बिजोर बार बिजोर नम्बरका गाडी चल्ने छ । यो नियम तरकारी लिन जाने जाने गाडीमा मात्र लागू हुनेछ । तरकारी लिएर थोक बजार पुग्ने गाडीमा भने यो नियम लागू हुने छ ।
यस्तै, तरकारी लिन जाने गाडी बिहान ८ बजे भित्र पुगिसक्नु पर्ने नियम बनाएको पनि उहाँले जानकारी दिनुभयो । कालिमाटीको थोक तरकारी बजार राति १ बजेदेखि बिहान ९ बजेसम्म खुला रहने छ ।
थोक बजारमा अहिले झण्डै चार सय जना व्यापारीले व्यापार गर्दै आएका छन् । यस्तै अहिले दैनिक साढे ५ सय टनको हाराहारीमा तरकारी भित्रिरहेकाले तरकारीको अभाव नहुने पनि समितिले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij