Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

कुटपिटबाट एक प्रहरी जवानको हत्या, चारजना पक्राउ

कुटपिटबाट एक प्रहरी जवानको हत्या, चारजना पक्राउ


  • 862
    Shares

    कुटपिटबाट एक प्रहरी जवानको हत्या, चारजना पक्राउ

    काठमाडौं । वीरगंज महानगरपालिका वडा नम्बर ९ श्रीपुरमा महिलाको डेरामा आइतबार साँझ पुगेका प्रहरीको कुटपिटबाट मृत्यु भएको छ । कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीका २७ वर्षीय प्रहरी विकास चौरसिया महिलाको डेरामा पुगेको अवस्थामा उनको श्रीमान् सहितका केही व्यक्तिको सामूहिक कुटपिट तथा रड प्रहारबाट मृत्यु भएको पाइएको हो ।

    रौतहटको कटहरिया घर भई वीरगंज–९ भारतीय दुतावास पछाडि डेरामा बस्दै आएकी महिलाको कोठामा साँझ करिब ५ बजे पुगेका प्रहरी र महिलाको श्रीमान्‌सँग भएको विवादले उग्र रुप लिँदा कुटपिट भएको हो । चौरसियालाई घरमै थुनेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

    ती महिलाका पति वैदेशिक रोजगारीबाट केही दिनअघि मात्रै वीरगंज आएको पाइएको छ । घटनामा संलग्न रहेका तीन पुरुष र एक महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

    उनका अनुसार घटनामा मृतक युवक प्रहरी कर्मचारी रहेको खुलेको हो । बाँकी अनुसन्धान भइरहेको छ ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १०:३१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij