Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

आज हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


  • 694
    Shares

    आज हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

    नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो।

    अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू–भागमा आंशिक बादल लागेको देखिन्छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ।

    सोमबारको मौसम पूर्वानुमान हेर्दा देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। 

    तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातले तापक्रममा केही गिरावट ल्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - ०८:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij