Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

आजको राशिफल । २०८२ चैत  ३०  गते सोमवार

आजको राशिफल । २०८२ चैत  ३०  गते सोमवार


  • 309
    Shares

    आजको राशिफल । २०८२ चैत  ३०  गते सोमवार

    आजको राशिफल । २०८२ चैत  ३०  गते सोमवार
    वैशाख कृष्ण एकादशी
    वरुथिनी एकादशी व्रत 
    शक संवत् १९४७, नेपाल संवत् ११४६,  Apr 13, 2026

    मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रशन्न हुनेछ।

    वृष : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ। मन प्रशन्न रहनेछ। आम्दानी बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

    मिथुन : दिन धेरै राम्रो छ। विदेशमा गरेको लगानीबाट हौसला मिल्नेछ। विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको साथमा रमाइलो गर्ने योग छ। स्वास्थ्य र शिक्षामा लाभ मिल्नेछ।

    कर्कट : दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपमा हुनुपर्ने दिन छ। यात्रा सफल बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुने योग छ ।

    सिंह : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सहयोग गर्न पाउँदा मन खुसी हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। काम सावधानी अपनाउनुपर्नेछ। आफ्नो निर्णय आफै गरेर अघि बढ्दा फाइदा हुनेछ।  

    कन्या : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध र राजनीतिक क्षेत्रमा भने केही राम्रा संकेत देखिनेछन्।  

    तुला : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। आज डुब्न लागेको लगानी उठ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। स्वास्थ्यमा भने समस्या आउन सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्दा राम्रो हुनेछ।

    वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। प्रशंसा गर्ने बढ्नेछन्। व्यापार व्यवसाय नगर्नु राम्रो हुनेछ। आज परिवारको साथ सहयोग मिल्नेछ।  

    धनु : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। सामाजिक क्षेत्रमा संकट आइपर्न सक्छ । शत्रु बढ्नेछन्। शिक्षामा थप मिहिनेत गरेमा राम्रो उपलब्धि हात लाग्नेछ ।

    मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कार्यालयमा तपाईंको बढुवा हुने योग छ। परिवारको सल्लाह लिएर अघि बढेमा फाइदा होला ।

    कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अवरोध हुनेछ। संकटको समयमा दाम्पत्य जीवन सफल रहनेछ। स्वास्थ्य र शिक्षामा सास्ती खेप्नुपर्नेछ। एकल निर्णय नगर्नु उचित हुनेछ।  

    मीन : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - ०४:३८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij