Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कानुनमन्त्री गौतमको बैंक ब्यालेन्स साढे १० लाख, १५ तोला सुन, सवा करोडका सवारी साधन

कानुनमन्त्री गौतमको बैंक ब्यालेन्स साढे १० लाख, १५ तोला सुन, सवा करोडका सवारी साधन


  • 1.0K
    Shares

    कानुनमन्त्री गौतमको बैंक ब्यालेन्स साढे १० लाख, १५ तोला सुन, सवा करोडका सवारी साधन
    images

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ ।  चैत २३ गते प्रधानमन्त्री कार्यालयमा बुझाइएको विवरणअनुसार उनीसँग करिब १५ तोला सुन, १ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरका सवारी साधन, विभिन्न बैंकमा जम्मा भएको नगद, कम्पनीका सेयर र पैतृक जग्गा तथा सम्पत्ति रहेको छ । मन्त्री गौतम दोस्रो पटक सांसद भएकी हुन् भने पहिलो पटक मन्त्री बनेकी हुन् ।

    मन्त्री गौतमले चितवनस्थित भरतपुर महानगरपालिकामा ६७७ वर्गमिटर जग्गा रहेको उल्लेख गरेकी छन् । यो जग्गा सासूससुराको नाममा रहेको पैतृक सम्पत्ति भनी विवरणमा जनाइएको छ ।

    उनको विभिन्न बैंक खातामा नगद मौज्दात रहेको देखिएको छ । एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८ सय रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकमा ८ हजार २ सय रुपैयाँ रहेको उल्लेख छ ।

    मन्त्री गौतमसँग विवाहमा प्राप्त भएको १० तोला सुन र ५ तोला पैतृक सुन गरी कुल १५ तोला सुन रहेको उल्लेख गरिएको छ। यसका साथै, ९ तोला चाँदी र विवाहमा प्राप्त भएको १ तोला हिरा पनि सम्पत्ति विवरणमा जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - २१:१८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij