२०८२ चैत्र २९ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते सुरु गरिने भएको छ । दलको नेता चयनका लागि निर्वाचन समिति संयोजक बनेका सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते प्रक्रिया सुरु गर्ने र ४ गते निर्वाचन गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिएका छन् ।
वैशाख ३ गते सहमतिको प्रयासका लागि समय दिइने रसाइलीले बताएका हुन् । सकभर प्रक्रिया सुरु गरेर सर्वसम्मतिको प्रयास गर्ने, नभए निर्वाचनमार्फत दलको नेता चुन्ने तयारीमा आफूहरू लागेको स्नेहीले बताएका छन्।
कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् ।
३८ सांसदको नेता हुनका लागि ४ नेताले इच्छा देखाएका छन् । नेताहरूका अनुसार अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले इच्छा देखाएका छन् । केसी र आङदेम्बेले सार्वजनिक रूपमा नै दलको नेतामा दाबी रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij