Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

सञ्चालनको अन्तिम तयारीमा नागढुङ्गा सुरुङमार्ग (तस्बिरहरू)

सञ्चालनको अन्तिम तयारीमा नागढुङ्गा सुरुङमार्ग (तस्बिरहरू)


  • 792
    Shares

    सञ्चालनको अन्तिम तयारीमा नागढुङ्गा सुरुङमार्ग (तस्बिरहरू)

    काठमाडौं । धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । देशको यातायात पूर्वाधारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्त्वको मानिन्छ ।

    परियोजनाको सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, तर निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तन र अन्य कारणले लागत बढ्दै २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

    यसको निर्माणको जिम्मा जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी कम्पनी हाजमा-आन्दो जेभीले पाएको थियो ।यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।     

    नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ कम्पनी संलग्न ज्वाइन्ट भेन्चर युक्सिन-एआरटीले पाइसकेको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन-एआरटीलाई करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा दिएको हो ।

    यसका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङमार्गमा चल्ने सवारीसाधनको शुल्क सार्वजनिक गरिसकेको छ ।

    मन्त्रालयले राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारीसाधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।

    मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनिक गरिएको हो ।

    जसअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।

    मिनिबस, मिनी टिपररट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रुपैयाँ लाग्नेछ । बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तोकिएको छ ।

    मल्टि एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ ।  

    Screenshot 2026-04-12 103648.png

    Screenshot 2026-04-12 103715.png

    Screenshot 2026-04-12 103737.png

    Screenshot 2026-04-12 103800.png

     

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १०:३१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij