Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

मध्यरातमा गृहमन्त्री भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

मध्यरातमा गृहमन्त्री भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण


  • 911
    Shares

    मध्यरातमा गृहमन्त्री भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

    चितवन । गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्। उनलाई नेपाल प्रहरी शिक्षालयमा स्वागत गरिएको छ।

    गृहमन्त्री गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी, नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालालगायतका उच्च अधिकारी शिक्षालय पुगेका थिए।

    मध्यरातमा भरतपुर आइपुगेका मन्त्री गुरुङले शिक्षालयको वस्तुस्थितिबारे जानकारी लिनुका साथै उपस्थित प्रहरी अधिकृतसँग संक्षिप्त कुराकानी गरेका थिए। उनको यो भ्रमणलाई सुरक्षा निकायको मनोबल उच्च बनाउने र स्थानीय सुरक्षा अवस्थाको जानकारी लिने प्रयासका रूपमा हेरिएको छ।

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - ०७:२२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij