Logo

२०८२ चैत्र २८ गते शनिवार

२०८२ चैत्र २८ गते शनिवार

अमेरिकाले एकैसाथ ३५ नेपालीलाई गर्‍यो डिपोर्ट

अमेरिकाले एकैसाथ ३५ नेपालीलाई गर्‍यो डिपोर्ट


  • 393
    Shares

    अमेरिकाले एकैसाथ ३५ नेपालीलाई गर्‍यो डिपोर्ट

    काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

    ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल ९चैत २४, मंगलबार० उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

    डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् । मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, अन्यलाई भने विभिन्न नियम उल्लंघन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरिदिएको हो ।

    पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भइसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट पटकपटक नेपालीहरू डिपोर्ट हुँदै आएका छन् ।

    ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरूलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - १७:२३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij