Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

एमाले नेताबाट बलात्कृत खत्री भन्छिन्- श्रीमतीले छाडेको भन्दै रुदैं नजिक भयो, बलात्कार गरेर मलाई घर न घाटको बनायो

एमाले नेताबाट बलात्कृत खत्री भन्छिन्- श्रीमतीले छाडेको भन्दै रुदैं नजिक भयो, बलात्कार गरेर मलाई घर न घाटको बनायो


  • 582
    Shares

    एमाले नेताबाट बलात्कृत खत्री भन्छिन्- श्रीमतीले छाडेको भन्दै रुदैं नजिक भयो, बलात्कार गरेर मलाई घर न घाटको बनायो

    काठमाडौं । सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधको आधारमा पक्राउ गरेको भन्दै कार्यकर्ता र समर्थकले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरे । त्यही बेला माइतीघरमा न्यायका लागि धर्नामा बसेकी एक जना महिलामाथि एमालेका समर्थक एक्कासी जाइलागे । धर्ना बसेकी उनी थिइन्– कालीकोट शुभकालिका गाउँपालिका–६ की जमुना खत्री ।

    कर्णालीका एमाले नेता कर्णबहादुर मल्लले आफूमाथि बलात्कार गरेको भन्दै उनी आमरण अनसनमा बसेकी थिइन् । उनले मल्लको तस्बिरमा एमालेको चिन्ह प्रयोग गरेको भन्दै कार्यकर्ताले लछारपछार पारेका थिए । पार्टीले नभइ व्यक्तिले बलात्कार गरेको एमाले कार्यकर्ताको तर्क थियो ।

    सुरुमा जिल्ला प्रहरी परिसर ललितपुरमा भ्रुणहत्यासम्बन्धी जाहेरी दिएकी पीडितले पछि बलात्कारको जाहेरी दर्ता गराएकी थिइन् । नेता मल्ल मुगुको सोरु गाउँपालिका–१० का स्थायीबासी हुन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ बस्दै आएका उनलाई प्रहरीले चैत १४ गते पक्राउ गरिसकेको छ ।

    तर धरौटीमा निस्कने सम्भावना देखेपछि जमुना पुनः माइतीघरमै धर्नामा छिन् । बलात्कारीले खुला आकाशमुनि हिँड्न पाउनुहुँदैन भन्दै उनी एक्लै सडकमा छिन् । उनलाई नेताको आवरणमा शक्ति लगाएर आरोपी छुट्ने डर छ । आफ्नो ज्यानको सुरक्षाको अनुभूति नभएका भन्दै उनले मल्लले आजीवन कारावास पाउनुपर्ने माग गरेकी छिन् ।

    नागरिकको हक अधिकारको सुनिश्चितताको लागि ऐन कानून निर्माण गर्ने नेताबाटै बलात्कृत भएपछि आफू असुरक्षित भएको भन्दै उनी धर्नामा बसेकी हुन् । 

    मल्लसँग २०८० सालमा साथीमार्फत चिनजान भएको हो । उसकै गाउँको एक जना मेरी साथी थिइन् । उसले घुम्न जाउँ भनेपछि सँगै गएका थियौँ । चिनजान भएपछि फोन नम्बर आदान प्रदान भयो । उसले आफूलाई श्रीमतीले छाडेको भन्दै मसँग नजिक हुन थाल्यो । श्रीमती अर्कै केटासँग लागेर छाडेको भन्थ्यो । एक्लो भएँ, बुढेसकालमा मेरो सहारा कोही हुने भएन भनेर रुने गर्थ्यो । खाना पकाएर दिने मान्छे भएन, कहिले होटलमा खान्छु, कहिले भोकै सुत्छु भन्थ्यो ।

    आफूलाई दुःखी देखाएर मेरो नजिक हुने प्रयास गर्थ्यो । सुरुमा मलाई मन परेको थिएन । उ उमेरले पनि मभन्दा २५ वर्षले जेठो मान्छे हो । मलाई प्रेम गरे पनि घरबार गर्ने साथी चाहिएको थियो । तर, उसले फकाउँदै गयो । केटी मान्छेको मन त हो, फेरि मायाले कसको मन पग्लिदैन ? म पनि पत्थरले बनेको मान्छे त होइन । उसको दुःख सुन्दै जाँदा माया लाग्दै गयो ।

    मेरो भाग्यमा यस्तै लेखेको रहेछ भन्ने लाग्यो । नेता हो, म भन्दा ठूलो मान्छे हुँ भन्थ्यो । तर उमेरमा धेरै अन्तर थियो । मैले उसको पावर र पैसा हेरेर प्रेम गरेँ भन्ने आरोप लगाउनेहरुले हामीबीचको उमेर पनि हेर्नुपर्‍यो । उ मेरो जीवनमा नआएको भए मेरै स्तरको जीवनभरसाथ दिने साथी खोज्थेँ । जीवन बर्बाद हुँदैनथ्यो ।

    तर, मैले उसको दुःखसँग प्रेम गरेको थिएँ । उसले सोझी केटीलाई फसाउने मनशायले सुरुदेखि नै निकट भएको थियो । यसको कोही छैन, केही गर्न सक्दिन भनेर सिकारीजस्तो पासो लगाएको थियो । त्यो मान्छेले प्रेम गर्‍यो भनेर कसरी भन्नु ? आज मलाई घर न घाटको स्थितिमा छोड्यो । अबोर्सन गरेर शरीर छियाछिया बनाइदियो । जसले सडकमा यो हालतमा छोडेर हिड्नसक्छ त्यो कसरी प्रेमी हुनसक्छ ? कलकलाउँदो मेरो जीवन पूरै बर्बाद बनाइदियो । हामीबीचको सम्बन्धलाई कसरी प्रेमको नाम दिने ?

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - ११:५९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij