Logo

२०८२ चैत्र २८ गते शनिवार

२०८२ चैत्र २८ गते शनिवार

अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ, शंका नगर्नु नेपाली रगतलाई !

अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ, शंका नगर्नु नेपाली रगतलाई !


  • 309
    Shares

    अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ,  शंका नगर्नु नेपाली रगतलाई !

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले स्वाधिनता र राष्ट्रभक्तिका मुद्दा आफू सँधै अडिग रहेको बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष रहेको उल्लेख गर्दै आफूले विगतदेखि उठाउँदै आएका स्वाधीनता र राष्ट्रभक्तिका मुद्दामा अटल रहने बताएका हुन् ।

    उनले एमसीसी खारेज गर्नुपर्ने कुरामा आफू अडिग रहेकाले शंका नगर्न आग्रह समेत गरेका छन् ।

    उनले उपसभामुख पार्टीको पद नभइ राज्यको भएको जिकिर गर्दै उक्त पदमा आफ्नो पार्टीको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् ।

    उनले लेखेका छन्– ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ ! उपसभामुख राज्यको पद हो पार्टीको होइन ! हाम्रो कुनै स्वार्थ छैन ! हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन् ! अझै भन्छु एमसीसी खारेज गर्नै पर्छ ’ शंका नगर्नु नेपाली रगतलाई !’

    images
    प्रकाशित मिति :चैत्र २८ २०८२ शनिवार - १०:२०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij