२०८२ चैत्र २७ गते शुक्रवार
काठमाडौं । मन्त्रिपरिषद्बाट हटाइएका पूर्व श्रममन्त्री दीपककुमार साहले आफूले बालेनको सिपाही बनेर काम गरेको जिकिर गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
''बालेनको सिपाही भएर काम गरेँ । एकदमै प्रतिबद्ध भएर काम गरेको थिएँ । आउने मन्त्रीले अझ राम्रोसँग काम गर्नुहोला,'' उनले भने ।
दुई साताको अवधिमा आफूले राम्रो कार्यसम्पादन गरेको उनको दाबी छ । नातावादको आरोपका सन्दर्भमा उपयुक्त समयमा जवाफ दिने उनको भनाइ छ । ''पार्टीको मापनको स्तर एउटा छ । उहाँहरूले उक्त मापन मिस गर्नुभएन जस्तो लागेको छ । नातावादको विषयमा उपयुक्त समयमा जवाफ दिन्छु,'' उनले भने ।
आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा नियुक्ति दिलाएको भन्दै रास्वपाले उनलाई चैत २६ मा मन्त्रीबाट फिर्ता बोलाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij