२०८२ चैत्र २७ गते शुक्रवार
काठमाडौं । महानगरपालिका– ८, सभागृहचोकमा बुधबार मारिएकी सिर्जना पौडेल केसीलाई आफ्नै ले खुकुरी प्रहार गरेका थिए ।
प्रहरीले घटनालगत्तै गरेको प्रारम्भिक अनुसन्धानमा अनुमान गरेजस्तै उनी पारिवारिक कलहको शिकार भएर मारिएकी हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त घटनाको विवरण सार्वजनिक गरेको छ ।
उनको हत्यामा संलग्न भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर केसी र उनका साथी कुशल परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वत कुश्मा नगरपालिका वडा नं. ११ शिल्मी स्थायी ठेगाना भएका २७ वर्षीय भाञ्जा केसीलाई प्रहरीले बुटवल– २ मनकामना टोलबाट पक्राउ गरेको हो ।
उनका साथी ३२ वर्षीय परियार पोखरा– १७ रातो पहिराका हुन् । भाञ्जा सन्तोष आपराधिकत पृष्ठभूमिका व्यक्ति हुन् । उनका विरुद्ध २०८० माघ २४ गते वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहार मुद्दा चलेको थियो ।
२०८२ असार ५ गते बैदाम प्रहरीमै चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए । २०८२ साउन २३ गते इलाका प्रहरी कार्यालय, सिसुवा, कास्कीबाट फेरि चोरी तथा डाँका मुद्दामा पक्राउ परेका थिए ।परियार लागुऔषध मुद्दामा २०७५ असोज ११ र २०७६ वैशाख १७ मा जिल्ला प्रहरी कास्कीबाट कारवाहीमा परेका थिए ।
प्रहरीले पोखरा– ७ मुस्ताङ चोकबाट घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर र र पोखरा– १६, बिरौटास्थित तितेपानी जंगलबाट घटना प्रयोग भएको धारिलो हतियार खुँडा बरामद गरेको छ । सिर्जनाले कास्की जिल्ला अदालतबाट बकसपत्र सम्बन्धी मुद्दा जितेर पतिको अंश भोग गरेकी थिइन् । तर, उनीबाट सम्पत्ति फिर्ता गराउन पतितर्फका आफन्त सक्रिय थिए ।
पोखरा उपमहानगरपालिका–५ मा बस्ने सिर्जनाको पृथ्वीचोकमा जुत्ता पसल थियो । मालेपाटनका कृष्ण केसीसँग उनको चार वर्षअघि विवाह भएको थियो । जेठी पत्नीले विष सेवन गरी आत्महत्या गरेपछि सिर्जनासँग विवाह गरेका थिए ।
विवाहपछि एक छोरीको जन्म भएको थियो । अहिले छोरी तीन वर्षकी भइन् । कृष्णको निधन दुई वर्षअघि भएको थियो । कृष्णको जेठीतर्फका छोरा लागुऔषध मुद्दामा कास्की जिल्ला कारागारमा कैद छन् । पतिको निधनपछि परिवारमा अंशको किचलो शुरु भएको थियो ।
पक्राउ परेका केसी र परियारका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाइने जिल्ला प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए । उक्त कसुरअन्तर्गत १७७ बमोजिमको कसुर गर्ने, गराउने व्यक्तिलाई जन्म कैदको सजायको व्यवस्था छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij