Logo

२०८२ चैत्र २६ गते बिहिवार

२०८२ चैत्र २६ गते बिहिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एईडी’ उपकरण सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एईडी’ उपकरण सञ्चालनमा


  • 148
    Shares

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एईडी’ उपकरण सञ्चालनमा

    काठमाडौं ।  नेपालको प्रमुख हवाई प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थल प्रयोगकर्ता र हवाई यात्रुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर’ नामक अत्याधुनिक मेडिकल उपकरण सञ्चालनमा ल्याएको छ ।

    विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आकस्मिक अवस्थामा यात्रुहरूलाई तत्काल प्राथमिक उपचार प्रदान गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो । विमानस्थल परिसरमा स्वास्थ्य समस्या आएका व्यक्तिहरूलाई लक्षित गरी यो महत्त्वपूर्ण कदम चालिएको कार्यालयले जनाएको छ । 

    विमानस्थल कार्यालयका अनुसार हवाई यात्राका क्रममा वा विमानस्थल परिसरमा रहँदा यात्रु तथा अन्य सेवा प्रयोगकर्ताहरूलाई कहिलेकाहीँ अचानक बेहोस हुने, श्वासप्रश्वास रोकिने, निसासिने वा भुइँमा ढल्ने जस्ता गम्भीर स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् । यस्ता आकस्मिक अवस्थामा समयमै उचित उपचार नपाउँदा मानिसको ज्यान नै जान सक्ने जोखिम रहन्छ । विशेष गरी मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका बिरामीका लागि ‘एईडी’ उपकरणले जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको  कार्यालयले जनाएको छ । 

    यस उपकरणको प्रयोगले आकस्मिक रूपमा अस्वस्थ भएका व्यक्तिलाई अस्पताल पुर्‍याउनुअघि नै प्रभावकारी प्राथमिक उपचार उपलब्ध गराउन सहज हुनेछ ।यो सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन विमानस्थलले पहिलो चरणमा आफ्ना कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम समेत प्रदान गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सम्बन्धित कर्मचारीहरूका साथै त्यहाँ रहेका मेडिकल युनिटहरू जस्तै हेल्थ डेस्क, केएमसी हस्पिटल र हाम्स हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई ‘एईडी’ उपकरण प्रयोग गर्ने विधि र प्रक्रियाका बारेमा प्रशिक्षित गरिएको छ।

    images
    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - १८:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij