२०८२ चैत्र २६ गते बिहिवार
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ । अमेरिकामा बसेर अध्ययन गरिरहेको छात्रा संगम बिष्टले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा एफआइआर दर्ता गरेकी हुन् ।
न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाइपीडी)मा दुई दिनअघि एफआइआर दर्ता भएको पारिवारिक स्रोतले बतायो । प्रहरीले अनुसन्धान सुरु भएको छ । यो मुद्दामा अमेरिकी प्रहरीले नेपालको प्रहरीसँग समन्वय गर्ने अपेक्षा छ ।
संगमले केही दिनअघि फेसबुकमा स्टाटस लेख्दै बले एक वर्षअघि अमेरिका आउँदा भेट भएको र उनलाई फ्ल्याट देखाउन लगेको बताएकी थिइन् । दाइजस्तो मानेको व्यक्तिले आफूलाई फ्ल्याटमै जबरजस्ति करणी गरेको संगमको भनाइ थियो ।
संगमले स्टाटस लेखेको भोलिपल्टै नेपाल प्रहरीले बलेलाई पक्राउ गरेर हिरासतमा राखेको छ । तर, प्रहरीमा उनीविरुद्ध जाहेरी भने परेको छैन ।
बलात्कारको जाहेरी नपरेको हुँदा प्रहरीले जिल्ला प्रशासन कार्यलयबाट अभद्र व्यवहारको कसुरमा ५ दिन म्याद थपेको थियो । अभद्र व्यवहारमा सिडीओले बढीमा २५ दिन हिरासतमा राख्न सक्ने कानूनी प्रावधान रहेको छ ।
संगमको परिवारले कानूनी प्रक्रियाको विषयमा अहिले वकिलहरुसँग सरसल्लाह गरिरहेका छन् । नेपालमा पनि जाहेरी दिने वा नदिने भन्नेबारे निस्कर्षमा पुगिनसकेको पारिवारिक स्रोतको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij