Logo

२०८२ चैत्र २६ गते बिहिवार

२०८२ चैत्र २६ गते बिहिवार

पक्राउ परेको १३ दिनमा रिहा भए ओली र लेखक

पक्राउ परेको १३ दिनमा रिहा भए ओली र लेखक


  • 127
    Shares

    पक्राउ परेको १३ दिनमा रिहा भए ओली र लेखक

    काठमाडौं  । प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आवश्यक परेका बेला हाजिर हुने सर्तमा एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई उनीहरूका श्रीमती क्रमशस् राधिका शाक्य र यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो। 

    उनले भने, ‘अनुसन्धानका क्रममा खोजेका बखत हाजिर हुने सर्तमा उहाँहरूलाई जिम्मा जमानीमा रिहा गरियो।’ सर्वोच्च अदालतको आदेशअनुसार सरकारी वकिलबाट पत्र आएपछि उनीहरूलाई रिहा गरिएको हो।

    गत भदौमा भएको जेनजी आन्दोलनमा ज्यान जाने गरी दमन गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिल्ला प्रहरी परिसर काठमाडौँले यही चैत १४ गते शनिबार पक्राउ गरेको थियो।

    स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएका एमाले अध्यक्ष ओली  बिरामी भएका कारण त्यही दिन अस्पतालमै भर्ना भएका थिए भने लेखकलाई महाराजगन्जमै रहेको प्रहरीको २ नं गणमा राखिएको थियो। 

    images
    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - ११:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij