Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आज पनि काठमाडौँसहित यी स्थानमा वर्षाको सम्भावना

आज पनि काठमाडौँसहित यी स्थानमा वर्षाको सम्भावना


  • 589
    Shares

    आज पनि काठमाडौँसहित यी स्थानमा वर्षाको सम्भावना
    images

    जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहीबार बिहान) कोसी प्रदेशमा साधारणतया बादल लागेको छ भने मधेस प्रदेशसहित बाँकी पहाडी तथा हिमाली क्षेत्रको आकाशमा आंशिक बादल छ। बाँकी तराईमा भने मौसम मुख्यतया सफा छ। अनि कोसी प्रदेशका केही स्थान तथा मधेसका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

    आज दिउँसो र रातिचाहिँ कस्तो छ वर्षाको सम्भावना?

    मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार यी स्थानमा छ वर्षाको सम्भावना:

    दिउँसो : कोसी प्रदेशका केही स्थान, बाँकी पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपात हुने सम्भावना छ। 

    राति : कोसी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

    काठमाडौँमा पनि वर्षाको सम्भावना

    आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 

    मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो वा अपराह्नतिर काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ। 

    ‘अहिले बिहान भने काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ र दिउँसो १/२ बजेसम्म मौसम यस्तै रहने देखिन्छ’, उनले बिहीबार बिहान भने, ‘तर त्यसपछि मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको छ।’  

    मौसम महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ।

    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - १०:२१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij