Logo

२०८२ चैत्र २६ गते बिहिवार

२०८२ चैत्र २६ गते बिहिवार

आजको राशिफल । २०८२ चैत्र २६ गते बिहिवार

आजको राशिफल । २०८२ चैत्र २६ गते बिहिवार


  • 155
    Shares

    आजको राशिफल । २०८२ चैत्र २६ गते बिहिवार

    वैशाख कृष्ण सप्तमी, शक संवत् १९४७, नेपाल संवत् ११४६, Apr 09, 2026

    मेष : स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। आम्दानीका स्रोत धेरै छन्। सञ्चित धन खर्च हुने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। देशको नेतृत्व चयन गर्ने अवसर पाउँदा मनमा खुशी बढ्नेछ ।

    वृष : गुरुका प्रभावले राम्रा काम बन्नेछन्। बोलीमा नम्रताको खाँचो देखिन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा खटपटी बढ्नेछ। काम गर्दा  विवेक  प्रयाेग गर्नुपर्ने दिन छ ।

    मिथुन : बोलीको प्रभाव रहनेछ। दीर्घकालीन निर्णय लिने दिन छ । तपाईको बाेली परोपकारका काममा प्रयोग गर्नुहोला। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र भने असन्तुष्टि बढ्नेछ।

    कर्कट : मनमा चिन्ता बढ्नेछ। सहकर्मी साथीले कुरा काट्ने जोखिम छ। रोगसँग सचेत बनेर काम गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। लामाे यात्राको योग छ ।

    सिंह : दिन सहज छ। साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ। दीर्घकालीन नयाँ योजना बन्नेछन्। निर्णय गर्दा साेच्नुपर्ने हुन्छ ।  प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

    कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यले साथ दिँदा काम सहजै बन्नेछन्। शिक्षामा मिहिनेतको फल प्राप्त नहुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तुला : अरुको सेवा गर्दा आफ्ना काम स्थगित हुने सम्भावना धेरै छन्। स्वास्थ्यले साथ नदिए पनि शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। आज मानसम्मान प्राप्त हुनेछ।

    वृश्चिक : दिनमा सामान्य सुधार भएको छ। शुभग्रहको बुहमत भएकाले सोचेको काम बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा दिन सहज र सफल बन्नेछ।

    धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

    मकर : सञ्चित धन खर्च हुनेछ। सहकार्यमा अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु आवश्यक देखिन्छ।

    कुम्भ : मन अशान्त बन्ने जोखिम छ। निर्णय गर्दा सचेत बन्नुपर्ने हुन्छ । सञ्चित धन खर्च हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

    मीन :साथीसँग सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। आज आफन्तबाट भने धोका हुनसक्छ। निर्णय क्षमता बढ्दा मन शान्ता बन्नेछ ।

    images
    प्रकाशित मिति :चैत्र २६ २०८२ बिहिवार - ०५:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij