Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

देउवाको अझै केही समय उपचार जारी रहने, भने- सम्पत्तिका विषयमा भ्रम छरियो

देउवाको अझै केही समय उपचार जारी रहने, भने- सम्पत्तिका विषयमा भ्रम छरियो


  • 701
    Shares

    देउवाको अझै केही समय उपचार जारी रहने, भने- सम्पत्तिका विषयमा भ्रम छरियो

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले अझै केही समय उपचार जारी रहने जनाएका छन्। 

    देउवाले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो बारेमा आएका समाचारबारे प्रतिक्रिया जनाउँदै उपचार जारी रहेको बताएका हुन्। ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु,’ देउवाले भनेका छन्। 

    गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि आक्रमण भएको थियो। उनीहरूको घरमा आगो लगाइएको थियो। जेनजी आन्दोलनकारीको आक्रमण घाइते भएका देउवा दम्पत्तिको सुरुवातमा नेपालमै उपचार भएको थियो। पछि थप उपचारका लागि सिंगापुर गएका थिए। 

    उनी लामो समय सिंगापुरमा उपचार गरेर फर्किएका थिए। पछिल्लो पटक फलोअपका लागि सिंगापुर पुगेका थिए। त्यसपछि पारिवारिक कार्यक्रममा सहभागी हुने हङकङ पुगेका थिए। अहिले हङकङमै उपचार जारी रहेको जनाइएको छ। 

    उनले आफू आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रम छरिएको जनाएका छन्। ‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ,’ देउवाले भनेका छन्, ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - २०:३६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij