Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन

वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन


  • 5.5K
    Shares

    • images
    वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन
    images

    काठमाडौं । वरिष्ठ गायक स्वयम्भूराज शाक्यको ६४ बर्षको उमेरमा निधन भएको छ ।

    गत वैशाख २६ गतेदेखि उहाँ विपि स्मृति अस्पतालमा उपचार गराइरहनु भएको थियो । कोरोना संक्रमण देखिएका कारण उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

    नयाँ नयाँ शैली र सृजनामा तल्लीन वरिष्ठ गायक शाक्य आफ्नै टोलमा आयोजित एकल साँझको सफलता पछि अर्को एकल प्रस्तुतिको योजनामा हुनुहुन्थ्यो ।

    रेकर्डिङ सहज र सुलभ नभएको बेला एउटा कोठामा वाद्यवादक तथा गायकरगायिका र अर्को कोठामा प्रविधि र प्राविधिकका साथ ३ दशक अघि नेपालभाषाको ‘मतिना’ रेकर्ड गराएका थिए ।

    नेपालको सांगीतिक विकासमा कोशेढुंगाका रुपमा लिइने यस गीति संग्रहमा संग्रहित उनका सबै गीतहरु हालसम्म पनि जनजिब्रोमा झुण्डिएको छ । सांस्कृतिक संस्थानबाट सेवानिवृत वरिष्ठ गायक शाक्य रेडियो नेपालका विशिष्ट श्रेणीका गायक हुनुहुन्थ्यो ।

    विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित शाक्यले तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हङकङ, बैंङ्ककमा सांगीतिक प्रस्तुति दिइसक्नु भएको छ । ५ वटा गीति संग्रहसहित २५० भन्दा बढी गीत गाउनु भएका वरिष्ठ गायक शाक्यले ४ वटा एकल शोहरु समेत गरिसक्नु भएको छ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - ११:१२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij