२०८२ चैत्र २५ गते बुधवार
चितवन । भरतपुरका विभिन्न स्थानमा अनुमति बिना सञ्चालनमा रहेका स्पा सेन्टरबाट आज ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुर महानगरपालिका १० र ११ मा सञ्चालनमा रहेका ६ वटा स्पा सेन्टरबाट ६ जना सञ्चालक, एक जना महिला कामदार र एक जना ग्राहक गरी ८ जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीका सूचना अधिकारी डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।
डिएसपी खनालका अनुसार स्पा सेन्टरले दर्ता अनुमति नलिई सञ्चालन गर्नुका साथै यौनजन्य गतिविधि पनि गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पछिल्लो समय चितवनमा स्पा सेन्टरहरू अत्यधिक खुलेको र मानव बेचबिखनका जोखिम स्पा सेन्टरका कारण बढ्दै गएको उजुरी बढ्दै गएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij