२०८२ चैत्र २५ गते बुधवार
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयहरूले अझै पनि कानुन विपरीत शुल्क लिने कार्य गरिरहेको भन्दै पुन शुल्क फिर्ता गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो ।
कुनै पनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन पर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूबाट आवश्यक समन्वय हुन अनुरोध समेत गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij