Logo

२०८२ चैत्र २५ गते बुधवार

२०८२ चैत्र २५ गते बुधवार

३ करोड ५० लाखभन्दा बढीको लगानीमा प्रहरी चौकी भवन निर्माण

३ करोड ५० लाखभन्दा बढीको लगानीमा प्रहरी चौकी भवन निर्माण


  • 1.0K
    Shares

    ३ करोड ५० लाखभन्दा बढीको लगानीमा प्रहरी चौकी भवन निर्माण

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ ।

    गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि २०८१ साल असारमा तीन करोड ५१ लाख ७२९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

    निर्धारित समयभित्रै निर्माण सकिएको भवनको चाँडै शुभारम्भ गरेर प्रयोगमा ल्याउने तयारी भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका इन्जिनियर प्रहरी नायब उपरीक्षक चिरञ्जीवीप्रताप महतोले जानकारी दिए ।

    भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्षहरू छन् । स्थापनाकालदेखिनै सिङगा तातोपानी प्रहरी चौकी भाडाको भवनबाट सञ्चालन हुँदै आएको थियो ।

    आफ्नै भवन भएपछि नागरिकहरूलाई सेवा प्रवाह गराउन र कार्यालय सञ्चालन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । भवन निर्माणका लागि सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले करिब १५ वर्षअघि राक्सेमा दुई रोपनी जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका थिए ।

    सिङ्गा तातोपानी कुण्ड स्नानका लागि आएका बिरामीले तिर्ने प्रवेश शुल्कबाट सङ्कलन भएको रकमबाट जग्गा खरिद गरेर प्रहरीलाई उपलब्ध गराएका हुन् । यसअघि म्याग्दीमा जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका थिए ।

    इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताए ।

    images
    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - ०९:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij