Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सामान्य पुजापाठ गरेर मनाइयो बुुद्धजयन्ती

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सामान्य पुजापाठ गरेर मनाइयो बुुद्धजयन्ती


  • 5.4K
    Shares

    • images
    गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सामान्य पुजापाठ गरेर मनाइयो बुुद्धजयन्ती
    images

    बुटवल । विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा यसवर्ष सामान्य पुजापाठ र प्रार्थना गरेर २५६५ औ बुद्ध जयन्ती मनाईएको छ ।

    कोभिड-१९ माहमारी र त्यसको नियन्त्रण तथा उपचारका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यसवर्ष बुद्ध जयन्तीलाई भव्यता प्रदान गर्न नसकिएको लुम्बिनी विकास कोषले जनाएको छ । गतवर्ष पनि यस अवधिमा कोभिड महामारी र निषेधाज्ञाका कारण बुद्धजयन्ती सामान्यरुपमा मनाईएको थियो ।

    निषेधाज्ञाका कारण यस बर्ष पनि गतवर्ष जस्तै पुजा पाठ र सामान्य कार्यक्रम गरेर मनाइएको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

    नियमित पुजा र प्रार्थनामा सरिक हुन आज बिहानै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लुम्बिनी पुगेका थिए । आजको मुख्य पुजाको मुख्यमन्त्री पोखरेलले दिप प्रज्वलन गरि सुरु गरेका थिए भने लुम्बिनी परिसरमा रहेका सबै गुम्बा, विहारको प्रतिनिधित्व हुनेगरी मायादेवी परिसरमा उपस्थित भई पुजा पाठ गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री केपी ओलीले पठाएको भिडियो सन्देश प्रदर्शन गरिएको थियो । कार्यक्रममा ७ वटा बौद्ध सम्प्रादायका भिक्षुहरुले परित्राण पाठ गरेका थिए ।

    आज साँझ कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम छ । संक्रमितहरुको स्वास्थ्यलाभ र मृतकहरुको सम्झनामा २५६५ वटा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको कोषका सदस्यसचिव शाक्यले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १०:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij