Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका

अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका


  • 708
    Shares

    अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार अञ्जन विष्टको ट्रेनिङ सेन्टरले आयोजना गरेको बुट क्याम्पमा जुनियर फुटबलर उत्साहित भएका छन् ।

    ललितपुरको बुद्धविकास फुटबल मैदानमा भएको १० दिने बुट क्याम्पमा करिव ७२ जना बालबालिका प्रशिक्षण गरिररहेका छन् । ८ देखि १६ वर्षको बालबालिकालाई लक्षित गरेर उनीहरूको कौशलतामा वृद्धि गर्ने उद्देश्यले यो क्याम्प आयोजना भइरहेको छ । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता(१३) को सूचीमा रहेका तीन खेलाडी मध्ये एक अञ्जन करिब १२ वर्षदेखि राष्ट्रिय जर्सीमा देखिँदै आएका छन् । 

    उनले नै स्थापना गर्न लागेको अञ्जन विष्ट ट्रेनिङ सेन्टरले उक्त बुट क्याम्प सञ्चालन गरिरहेको छ । नेपालका स्ट्राइकर अञ्जन विष्टले १० दिनको नेक्स्ट जेन बुट क्याम्प सकारात्मक रूपमा अघि बढेको र यहाँबाट धेरै पक्ष सिक्ने पाएको विश्वास व्यक्त गरेका छन् । यसैगरी नेपाली फुटबलमा योगदान गर्दै जाने उनको विश्वास छ । 

    पहिलो दिनदेखि १० दिनसम्मका लागि पूर्ण योजनासहित क्याम्पमा प्रशिक्षण हुने उनी बताउँछन् । यसैले पनि यहाँबाट बालबालिकाले धेरै पक्ष सिक्ने पाउने अञ्जनको विश्वास छ । हरेक दिन के नयाँ गर्न सकिन्छ भनेर काम गरिरहेको उनी बताउँछन् । व्यक्तिगत रूपमा पनि बालबालिकासँग आफूले कुराकार्नी गरिरहेको र चार दिनसम्म सकारात्मक प्रतिक्रिया आएकाले निकै उत्साहित भएको अन्जन बताउँछन् । 

    सिकिरहेको प्रशिक्षण प्रभावकारी छ की छैन रु के पक्षमा सुधार आवश्यक देखिन्छ जस्ता पक्षमा जुनियर फुटबलरसँग सोध्ने गरेको अञ्जनले उल्लेख गरेका छन् । अविभावकबाट राम्रो प्रतिक्रिया आइरहेको र आगामी यात्राबारे प्रश्न आउने गरेको अञ्जनले बताएका छन् ।

    उनले अबको एक महिनामा नै एकेडेमी निर्माण बताए । यसको सञ्चालनका लागि चुनौती रहेकोमा उनी स्विकार गर्छन् । आँट र शाहस बोकेर अघि बढ्न सके एकदिन आफ्नो कामले सार्थकता पाउनेमा अञ्जन विश्वस्त देखिएका छन् । नेपाली फुटबल सकिसक्यो भन्ने होहल्ला सुनिए पनि खेलाडीको रूपमा आफूहरूले पनि केही गर्नुपर्ने उनले औंल्याएका छन् । यो १० दिने क्याम्पमा जुनियर फुटबलरलाई कडा मिहिनेत र समर्पणबारे सिकाउने उनी बताउँछन् । 

    बुट क्याम्पमा सहभागी बालबालिकाकाको अविभावक तथा शाहस स्पोर्ट्सका निर्देशन जनक न्यौपानेले बिदाको समयमा बालबालिकाहरू अनाश्यक काम लाग्न सक्ने भएकाले बुट क्याम्पमा सहभागी गराएको बताए । अञ्जन बिष्टले क्याम्प गर्न लागेपछि केही सिक्न पाउने आशासहित प्रशिक्षणमा सहभागी भएको न्यौपाने बताउँछन् । यो क्याम्प सकिएपछि के गर्न सकिन्छ भन्ने बारे पनि निर्धारण हुन आवश्यक रहेको उनको भनाइ छ । 

    जनक न्यौपाने, निर्देशक, शाहस स्पोर्ट्स बुट क्याम्पमा सहभागी एक जुनियर फुटबलर सौजन न्यौपानेले ड्रिब्लिङ, गेम ट्रेनिङ र पासिङ जस्ता पक्ष सिकेको बताए । यो क्याम्पबाट सुधार आएको उल्लेख गर्दै उनले राष्ट्रिय टोलीमा पुग्ने लक्ष्य रहेको बताए । यस क्याम्पमा आधारभूत प्रशिक्षणदेखि खेलाडीको खेल कौशलअनुरूप खेल अनुशासन, मेहनत, धैर्यता जस्ता फुटबलका पक्षमा प्रशिक्षण भइरहेको छ ।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १७:५९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij