२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल तथा नेपालस्थित नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसअघि सोमवारको सभाको बैठकले भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा भण्डारीलाई निर्विरोध निर्वाचित गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij