Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारी मिडियालाई मात्र विज्ञापन दिने विवादमाथि सकियो सुनुवाइ, आदेश आउने तयारीमा

सरकारी मिडियालाई मात्र विज्ञापन दिने विवादमाथि सकियो सुनुवाइ, आदेश आउने तयारीमा


  • 785
    Shares

    सरकारी मिडियालाई मात्र विज्ञापन दिने विवादमाथि सकियो सुनुवाइ, आदेश आउने तयारीमा
    images

    काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा प्रारम्भिक सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सुनुवाइ सकिएको हो । 

    नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले रिट निवेदन दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचनाहरू सञ्चारमाध्यममार्फत प्रकाशन तथा प्रसारण गर्दा सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यममार्फत मात्र हुने भन्दै सबै निकायमा परिपत्रसमेत भएको थियो । 

    सरकारको उक्त निर्णयले विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक निस्तेज बनाएको जिकिर समेत रिटमा छ । 

    मुद्दाको टुंगो लाग्न समय लाग्ने हुँदा तत्काल निर्णय नरोकिए अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा गम्भीर असर पर्ने र चौथो अंग नै धराशायी हुने अवस्थासमेत रिटमा दर्साइएको छ । प्रारम्भिक सुनुवाइ सकिएर अहिले आदेश आउने तयारीमा छ । 

    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १६:२४:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij